अनुसूची १ फारममा गा.पा. अध्यक्ष वा उपाध्यक्षको सिफारिस ।
वडा कार्यालयको सिफारिस ।
बावु वा आमाको ना.प्र.प., सो नभए दाजु, भाई वा वंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प. प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत ।
तिन पुस्ता भित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित–पत्र ।
प्रमाण पेश गर्न नसक्नेहरुका लागि वंशजको नाताले ना.प्र.प.लिनु पर्दा नागरिकता प्रमाणपत्र विवरण कार्यविधि, २०६३ को अनुसुचि ३ वमोजिमको ढाँचामा सर्जमिन स्थलमै गरिएको सनाखत ।
विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको वंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत ।
जन्ममिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण–पत्र ।
बसाइसराई गरी आउनेहरुको हकमा उपरोक्त प्रमाणहरुका अतिरिक्त बसाइसराई प्र.प., जग्गाधनी दर्ता प्र.प. लगायतका कागजातहरु ।